निजगढमा ट्याक्सी र जिप ठोक्किँदा ३ जनाको मृत्यु, २ घाइते

रिपोर्ट नेपाल | 2018 Nov 10 | 10:09 am 2153

बारा, कार्तिक २४ :  बाराको निजगढमा ट्याक्सी र जिप एकअापसमा ठाेक्किँदा ३ जनाकाे मृत्यु र २ जना घाइते भएका छन् । राति करिब १ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ग २ च २३२५ नम्बरको बोलेरो जिपसँग विपरित दिशाबाट आइरहेको बा २ ज २११७ नम्बरको ट्याक्सी एसअापसमा ठाेक्किँदा साे दुर्घटना भएकाे निजगढ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २ जना बारा निजगढ नपा- ७ का रहेका छन् । उनीहरु २५ वर्षीय आकाश माझी र विशाल माझीकाे घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना भक्तपुरका २८ वर्षीय समुद्र श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ । उनकाे उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

घाइते भएका २ जनाको पुरानो मेडिकल चितवनमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.