२ लाख ४० हजार नगदसहित ११ जुवाडे रंगेहात पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 10 | 09:36 am 2092

बझाङ, कात्तिक २४ : जिल्ला प्रहरी कार्यालय बझाङले जुवा-तास खेलिरहेको अवस्थामा २ लाख ४० हजार नगद सहित ११ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

सदरमुकाम चैनपुरस्थित चौगाँउ टोलमा गएराती जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी डिएसपी प्रवीण धितालले जानकारी दिए । दिपववलीको अवसरमा जिल्ला सदरमुकाम चैनपुरमा लाखैका जुवा-तास हुने खबर भएपछि सुराकीको आधारमा उत्त रकम सहित जुवाडेहरू पक्राउ परेको धितालले जानकारी दिए ।

जुवाडेको साथबाट २ लाख ४० हजार ८ सय ७७ रुपैयाँ नगद बरामद गरिएको छ । प्रहरीले सुर्मा गाउँपालिकाका जयबहादुर बोहोरा, लाखीचन्द बोहोरा, गणेश बोहोरा, दर्पण बोहोरा, सर्जन बोहरा, दानबहादुर बोहरा, शेरबहादुर बोहरा, वकिल बोहोरा, बम्मबहादुर बोहोरा, देवबहादुर बोहोरा र बिर्वल बोहोरालाई नियन्त्रण लिएको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा चौगाँउ टोलका दानबहादुर बोहोराको घरबाट जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेहरूलाई जुवातास ऐन अनुसार कारबाही गरिने डिएसपी धितालको भनाई छ ।

यस अघि पनि सदरमुकाम चैनपुरमा जुवा खेली रहेका ९ जनालाई प्रहरीले २ लाख भन्दा मोटो रकम सहित पक्राउ गरेको थियो । जुवा तासलाई नियन्त्रण गर्नको लागी प्रहरी लागी रहेपनी जिल्लामा अझै पनि लुकी छिपी लाखौँका जुवा तास भैईरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.