प्रदेशमन्त्री चढ्ने जिप माेटरसाइकमा ठाेक्किँदा ३ घाइते

रिपोर्ट नेपाल | 2018 Nov 10 | 09:00 am 1778

कैलाली, कात्तिक २४ : सुदूरपश्चिम प्रदेशका मन्त्रीहरु चढ्ने जिप शुक्रबार राति दुर्घटनाग्रस्त हुँदा ३ जना घाइते भएका छन् । राति करिब पौने ९ बजेतिर गौरीगंगा नगरपालिकाकाे बढैपुर इलाका साे जिप मोटरसाइकलसँग ठोक्किएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएकाे जानकारीअनुसार, विपरीबाट अाएकाे माेटरसाइकल र जिप ठाेक्किँदा जिप सडकबाट तल खसेकाे थियाे । दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षका सुरेन्द्र चन्द, पछाडी बसेका भरतबहादुर बोहोरा र जिपका चालक धोजेन्द्र शाह घाइते भएकाे जनाइएकाे छ ।

प्रदेशमन्त्रीहै चढ्ने गरेकाे बा २ झ ३१२५ नम्बरको जिप र से ३ प २४२० नम्बरको मोटरसाइकल एकअापसमा ठाेक्किँदा साे दुर्घटना भएकाे हाे । घाइतेमध्ये चन्दकाे अवस्था गम्भीर रहेकाे र उनलाई उपचारका लागि काठमाडौँ रिफर गरिएको जनाइएकाे छ । शाहको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यद्यपि जिप दुर्घटनामा कुनै मन्त्री भने नपरेकाे जिप्रका कैलालीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.