कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार मनोनित

| 2018 Nov 06 | 04:58 pm 2231

काठमाडौँ, कात्तिक २० : नेपाली कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार मनोनित भएका छन् । गलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको हो ।

लोकतान्त्रिक फोरमबाट कांग्रेस एकतामा आएका गच्छदारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले  मनोनित गरेका हुन् । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।

जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.