घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 04 | 06:43 pm 2172

उदयपुर,  कात्तिक १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले युगज्योति माध्यमिक विद्यालय, देवदह, रुपन्देहीका प्रधानाध्यापक शिवप्रसाद ढुङ्गानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.