गोदावरी फूल प्रदर्शनीमा ३३ लाखको कारोबार

रिपोर्ट नेपाल | 2018 Nov 03 | 08:15 am 3460

काठमाडाैं, कात्तिक १७ :  बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा रु ३३ लाखको बारोबार छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीको २५ हजारले मेला अवलोकन गरेका र रु ३३ लाखको कारोबार भएको थियो।

फ्लोरीकल्चर एसोसियशनका अध्यक्ष अध्यक्ष कुमार कसजु (श्रेष्ठ) का अनुसार आगामी आइतबारसम्म सञ्चालन हुने उक्त मेलामा रु ४५ लाख बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि लक्ष्य भन्दा माथि रु ७० लाखसम्म आम्दानी हुनसक्ने बताउनुभयो । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएको छ ।

प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । ‘रोपेर फूल गोदावरी सजाआैँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका थिए।

पुष्प व्यवसाय प्रवद्र्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादन गर्न टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । विसं २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७४/०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.