अवैध लागूऔषध सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 02 | 07:58 pm 2121

काठमाडौं, कात्तिक १६ :  छुट्टाछुट्टै स्थान मकवानपुर र बाँकेबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके नेपालगंज उपमहानगरपालिका १५ स्थित जमुनाह चेक प्वाईन्टबाट दाङ घोराही उपमहानगरपालिका १४ मिलनचोक बस्ने १९ वर्षीय गोबिन्दकुमार चन्दलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भारतको रुपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका चन्दलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर कैलाश गाउँपालिका ४ बेउतिसबाट सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर तामाङलाई १ सय २० किलो लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा तामाङको गोठमा तलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी भार्ताबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.