प्रदेश ३ का पूर्वाधार मन्त्री केशव स्थापित पदबाट बर्खास्त

| 2018 Nov 02 | 03:47 pm 2253

हेटौंडा, कार्तिक १६ :  प्रदेश ३ का पूर्वाधार मन्त्री केशव स्थापित पदबाट बर्खास्त भएका छन् । शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई पदबाट हटाएका हुन ।

बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो । त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए ।

स्थापितलाई संविधानको धारा १ सय ६९ बमोजिम पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ। स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने समेत सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.