शुरु भयो कांग्रेसको चियापान

रिपोर्ट नेपाल | 2018 Nov 02 | 01:59 pm 2270

काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान यस वर्ष नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण आज शुक्रबार गर्दैछ ।

अपरान्ह १ बजे देखि शुरु भएको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, कोषध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला लगायतका नेताले लामबद्ध भएर चियापानका लागि आउने पाहुनालाई स्वागत गरिरहेका छन् ।

शुभारम्भमा विशेष गरी नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिती देखिएको छ । विभिन्न पार्टी, संघ संस्थाका एक लाखको संख्यालाई चियापानमा आमन्त्रण गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.