प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष प्रचण्ड एक्कासी अस्पतालमा

रिपोर्ट नेपाल | 2018 Nov 02 | 01:14 pm 2036

काठमाडौँ, कात्तिक १६ :  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड आज शुक्रबार महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक गएका छन् ।

अध्यक्ष प्रचण्डले त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

भेटका अवसरमा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाका बारेमा पनि विचारविमर्श भएको नेता दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताएका छन्। अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका प्रतिवेदन राम्रो रहेको र स्वास्थ्य स्थिति सामान्य भएको जनाएको छ।

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतका नेता अस्पताल पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.