मिटुमा मुछिएका मन्त्री स्थापितले गरे मुख्‍यमन्त्रीलार्इ दुर्व्यवहार, राजिनामा दिन दबाब

| 2018 Nov 02 | 07:58 am 1498

काठमाडौं, कार्तिक १६ : प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित एकपछि अर्को कान्डमा मुछिदै गएका छन्। विभिन्‍न महिलाले आफूलार्इ यौन दुर्व्यवहार गरेको भन्दै मिटु अभियानमार्फत आरोप लगाएका थिए। त्यसलगत्तै उनी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्रिपरिषदमै दुर्व्यवहार गरेको आरोप लागेको छ।

स्थापितले मुख्‍यमन्त्रीसँग विवाद भएको स्वीकारसमेत गरिसकेका छन्। तर, मन्त्री पदबाट भने राजीनामा नदिने उनले बताए ।

मन्त्रीको जिम्मेवारी पूरा नगरेको र पटकपटक आफ्नो अपमान गरेको भन्दै मुख्यमन्त्री पौडेल असन्तुष्ट छन् । उनले स्थापितलाई हटाउने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरिसकेका छन् भने अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललाई लिएर बिहीबार काठमाडौं आएका हुन्।

मन्त्री स्थापितले भने आफूलाई हटाउने वा राजीनामा दिने दुवै सम्भावना अस्वीकार गरे । उनका अनुसार मुख्यमन्त्री पौडेलले कार्यसम्पादन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तर, आफूले लक्ष्य भन्दा बढी काम गरिसकेको स्थापितको दाबी छ । स्थपितले भने, ‘उहाँ मेरो पर्फर्मेन्स भएन भन्नुहुन्छ । मैले त काम गरेकै छु । १३ अर्बको टार्गेट रहेको २० अर्बको कम गरिसकेको छु ।’

मुख्यमन्त्री र आफ्नो काम गर्ने शैली नै फरक रहेको भन्दै उनले भने, मुख्यमन्त्रीज्यू मन्त्रालयमै बसेर काम गर भन्नुहुन्छ । म फिल्डमा जानुपर्छ भन्छु ।’

मन्त्रिपरिषद्को बोल्दा ठूलो स्वरमा बोलेको भनेर समेत प्रश्न गरिएको उनले बताए । काठमाडौंका पूर्वमेयर रहेका रहेको स्थापित भन्छन्, ‘मेरो स्वर पहिलेदेखि नै ठूलो छ । ठूलो स्वर हुँदैमा मन्त्रीबाट राजीनामा दिनुपर्ने पनि हुन्छ ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.