जुवा खेल्ने १८ जुवाडे परे प्रहरीको पासोमा

रिपोर्ट नेपाल | 2018 Nov 01 | 01:46 pm 4864

बाजुरा, कात्तिक १५ :  सदरमुकाम मार्तडीमास्थित एक घरमा जुवा खेल्दै गरेका १८ जना जुवाडेलाई पक्राउ गरिएको छ । राती साढे १ बजे तिर थापाबाडामा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीको टोलिले फेला पारेको बुझिएको छ । गस्तीमा गएको प्रहरीले एउटै घरमा १८ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरक्षिक उद्धव सिहं भाटले बताए ।

जुवाको खालबाट जुवा खेल्ने खेलाउने दुबैलार्इ समातेर ल्याएका र नियमाअनुसार कार्बाही गर्ने प्रहरी प्रमुख भाटले जानकारी दिए। तिहारको नजिकमा यसरी समाजमा अराजक फैलाउने जोसुकैलार्इ आवश्यक कार्बाही गर्ने बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.