लाखौं रुपैयाँको रिचार्ड कार्ड चोरी गर्ने एक परे प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2018 Nov 01 | 01:12 pm 2752

दाङ, १५ कात्तिक :  लाखौँ मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउपछि आज बिहिबार सार्वजनिक गरेको छ ।

पत्रकारसम्मेलन गरी प्रहरीले रोल्पा माडी गाउँपालिका–१ बस्ने २१ वर्षीय दलबहादुर रोकालाई रिचार्ज कार्डसहित सार्वजनिक गरिएको छ । रोकासँग ५० का रिचार्ड कार्ड १५ हजार २००, १०० का २१ हजार, ५०० का ७ सय २० गरी जम्मा ३६ हजार ९ सय २० वटा रिचार्ज कार्ड बरामद गरिएको प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिए ।

रिचार्ड कार्डको मूल्य १६ लाख १० हजार रहेको शर्माले बताए। रोकाले ती कार्ड चोरेर रोल्पाको थवाङ गाउँपालिका–२ का विभिन्न ठाउँमा बेचबिखन गरिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको बुझिएको छ ।

उनलाई पक्राउपछि अनुसन्धान गर्दा थप कार्ड उनको प्यूठान स्वर्गद्वारी नगरपालिका–७ स्थित ससुराली घरमा लुकाएको अवस्थामा बरामद गरिएकोप्रहरीले जनाएको छ । घोराहीका एक व्यवसायीले गत असोज २३ गते १७ लाख मूल्य बराबरको कार्ड चोरी भएको भन्दै प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएका थिए।

निजलाई रोल्पा र प्यूठान प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । रोकाविरुद्ध चोरी मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.