लहानमा भेटियो युवतीको शव

रिपोर्ट नेपाल | 2018 Nov 01 | 08:14 am 2250

लहान, कार्तिक १५ : सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ ।

सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसंगैको खेतमा फेला परेको हो । तराईवासी जस्तो देखिने युवतीको शव शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

रातो कुर्था, कालो सुरुवाल, कालो सुइटर र निलो आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.