अवैध रुपमा ल्याएको विभिन्न ब्रान्डका मोबाइल सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 31 | 10:06 pm 2653

सप्तरी, कात्तिक १४ :  भारत सुपौल डगमरा ग्रामपन्चायत बस्ने २४ वर्षीय आलोक मिश्रलाई अवैध रुपमा ल्याएको करिब १ लाख ८८ हजार ८ सय रुपैयाँ बराबरको विभिन्न ब्रान्डका मोबाइल १७ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

छिन्नमस्ता गाँउपालिका ३ स्थितमा ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर १९ सि १५०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मिश्रले बोकेको झोलामा उक्त मोबाइल सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.