पाँच किलो चरेश सहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 31 | 06:32 pm 1617

काठमाडौं, १४ कातिक : सशस्त्र प्रहरीकोे विशेष टोलीले ५ केजी चरेश सहित चार जनालाई काठमाडौंको गुर्जुधाराबाट पक्राउ गरेको छ।

बुधबार दिउँसो लागु औषध चरेश विक्री वितरणका लागि हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ। पक्राउ पर्नेमा धादिङ किरानचोकका विकास तामाङ, दिनेश तामाङ, बुद्ध लोप्चन, रामबहादुर लोप्चनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल हल्चोकको सुचना शाखाले जनाएको छ।

शाखाका डिएसपी अजय छत्कुलीका अनुसार पक्राउ परेका व्यक्तिहरुले काठमाडौमा गाजा विक्री गर्न हिडिरहेको अवस्थामा विशेष टोलीले पक्राउ गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.