लगातार ३ खेल हारेको सन्दिपको टिम विराटनगरको पहिलो जित

| 2018 Oct 31 | 05:44 pm 1565

पोखरा, कार्तिक १४ : पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ । लगातार ३ खेल गुमाएको विराटनगरले बुधबार भएको खेलमा बुटवल बलास्टर्सलाई १२ रनले पराजित गरेको हो ।

प्रतियोगितामा पहिलो जितसँगै विराटनगरले प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राखेको छ । विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८   रन बनाएको थियो ।

अन्तिम ओभरमा बुटवललाई जितका लागि १३ रन आवश्यक भएपनि विराटनगरका किशोर महतोले मेडन ओभर फालेपछि विराटनगरले जित हात पारेको हो ।

बुटवलका लागि भीम सार्कीले सर्वा्धिक ५० रन बनाए । उनले रनआउट हुनुअघि ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर सागर पुन ३३ बलमा २९ रन जोड्दै आउट भए । मध्यक्रमका शंकर राना २३ रनमा सन्दीप लामिछानेबाट बोल्ड आउट भए । चिराग सुरी र प्रकाश केसीले खाता खोल्न सकेनन् ।

रोहन मुस्ताफा १ रनमा किशोर महतोको बलमा मोहम्मद जायदबाट क्याच आउटको शिकार भए । सोमपाल कामीले ९ बलमा ७ रनमात्र जोडे

विराटनगरका लागि किशोर महत्तोले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले र किशोर महतोले समान २ विकेट लिए । सुनिल धमला र साहब आलमले १–१ विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.