राष्ट्रपति भण्डारी दिवाभोजमा सरीक

रिपोर्ट नेपाल | 2018 Oct 30 | 07:14 pm 1735

कतार, कात्तिक १३ :  राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख तमिम बीन हमाद अल थानीले आज आयोजना गरेकाे दिवाभोजमा सरिक भएकी छिन् । कतारी अमिर अल थानीले राष्ट्रपति भण्डारीको स्वागतमा अमिरी दिवानमा दिवाभोजको आयोजना गरेका हुन् ।

मित्र राष्ट्र अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि चारदिने कतार भ्रमणमा छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.