सर्लाहीमा चलेको गोलीले महतोको ज्यान गयो

रिपोर्ट नेपाल | 2018 Oct 30 | 02:34 pm 2467

सर्लाही, कात्तिक १३ :  नागरिकता सिफरिसको सामान्य विषयमा वडा अध्यक्ष रामनरेश महतो र नेकपाका कार्यकर्ता बीच भएको विवादका कारण एका जनाले ज्यान गुमाउनु परेको छ ।

हिजो सोमबार नागरिकताको सिफारिस लिन गएका नेकपाका एक समूह र कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतो बीच विवाद भएको बुझिएको छ ।

मंगलबार बिहान कांग्रेस कार्यकर्ता र नेकपाका कार्यकर्ता बीच सर्लाहीको रामनगर–४ मा भएको झडपका क्रममा गोली चल्दा स्थानिय रामविलास महतोको मृत्यु भएको छ । झडपका क्रममा अन्य चार जनालाई पनि गोलीको छर्रा लागेको बुझिएको छ ।

छर्रा लागेकाहरुको स्थिती सामान्य रहेको बुझिएको छ । घटनामा भरुवा बन्दुक चलाइएको र बन्दुक कसले चलायो यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि स्थितीलाई सामान्य रुपमा ल्याउन प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट ६५ सुरक्षाकर्मीलाई सर्लाही ल्याइएको छ । घटनाले थप उग्रता नल्याओस भनेर प्रहरी सचेत अवस्थामा रहेको छ ।

विभिन्न जिल्लाबाट समेत सरुक्षाकर्मी सर्लाही ल्याएर त्यहाँको शान्तिसुरक्षा कायम राख्न दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । गोली चलाउनेको पहिचान अहिलेसम्म हुनु सकेको छैन । स्थानीय बासिले मृतकको शव उठाउन दिएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.