बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 30 | 08:37 am 3580

काठमाडौं, कार्तिक १३ : काठमाडौंको बसुन्धरा चोक नजिकै भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ३ बजे बा६८प ७४७८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा चालक नुवाकोट बालकुमारीका २२ वर्षीय नवराज रिजालको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार ३२ वर्षीय विजय राइ घाइते भएका छन् । घाइते राइको टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको महाराजगन्ज प्रहरी वृतले जनाएको छ।

प्रहरीका अनुसार अत्याधिक स्पिडका कारण मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.