शरद गौचन हत्याका ‘मूख्य सूटर’ सहित तीनजना पक्राउ

| 2018 Oct 29 | 04:08 pm 1588

काठमाडौं, कार्तिक १२ : महानगरीय अपराध महाशाखाले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका थप तीन अभियुक्तलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अभियूक्त अमर रानामगर नै शरदका मूख्य सूटर थिए । यसअघि जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न नौ जनालाई पक्राउ गरेको  थियाे ।

गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजी  पक्राउ परेका थिए । उनीहरुलार्इ  पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले २०७४ माघमा थुनछेक बहसपछि नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको थियो ।

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो । यसअघि गौचनको हत्या अभियोग लागेका रुपन्देहीका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.