रसुवामा टिपर दुर्घटना २ को मृत्यु, ३ घाइते

रिपोर्ट नेपाल | 2018 Oct 29 | 09:04 am 4082

रसुवा, कात्तिक १२  : जिल्लाको कालिका गाँउपालिका–४ अम्बासमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएको प्रहरीले जानकारी दिएका छन् ।

बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा ४ ख ८३६६ नम्बरको ट्रिपर राति १० बजे अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको बुझिएको छ।

दुर्घटनामा परि मृत्यु हुनेमा टिपरमा सवार नौकुण्डा गाँउपालिका–३ का ४० बर्षीय कामी तामाङ र १५ बर्षीय प्रकाश तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।

घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका–३ का २१ वर्षीय जीवराम थोकर, टिपरमा सवार ३५ वर्षीय सार्की लामा र उनका ११ वर्षीय छोरा अदित तामाङलाई उपचारको लागी काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पताल ल्याइएको छ । घटनामा घाइते मध्ये सार्की लामाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.