गोरखापत्र संस्थानका महाप्रवन्धक उपाध्याय बर्खास्‍त

रिपोर्ट नेपाल | 2018 Oct 29 | 07:59 am 1753

काठमाडौं, कार्तिक १२ : सरकारले गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई हटाएको छ। आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

यस अघिनै उनलाई हटाएको भएपनि सरकारको निर्णयविरुद्ध उनी अदालत गएका थिए। अदालतले पुनःबहालीको आदेश दिएपछि उनी फेरी संस्थान फर्किएका थिए।

अघिल्लो मन्त्रिपरिषदको बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले गर्न लागेको कतारको राजकीय भ्रमणको स्वीकृती दिएको छ। उनले कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने कार्यतालिका छ।

मन्त्रिपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.