सिरया संकटबारे छलफल गर्न चार राष्ट्रप्रमुख इस्तानबुलमा

रिपोर्ट नेपाल | 2018 Oct 28 | 07:51 am 1709

इस्तानबुल, कार्तिक ११: सिरियाको राजनीतिक संकटबारे छलफल गर्न रूस, जर्मनी, फ्रान्स र टर्की सहभागी भएको शिखर सम्मेलन शनिबार इस्तानबुलमा शुरु भएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एदोर्गानले सम्मेलनको उद्घाटन गर्दै सम्मेलनले सिरियाको सात बर्ष लामो राजनीतिक सङ्कटलाई समाधान गर्न विकल्प निकाल्ने विश्वास गरे।

उनले भने, “विश्व समुदायको आखाँ हामीतर्फ सोझिएको छ । म विश्वस्त छु हामीले विश्व समुदायको अपेक्षालाई सम्बोधन गर्न चुक्ने छैनौ ।”

सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर एङ्गेला मर्केल र टर्कीका राष्ट्रपति एर्दोगान सहभागी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.