सेनालार्इ साढे २ अर्बभन्दा बढीको चिनियाँ सहयोग

रिपोर्ट नेपाल | 2018 Oct 28 | 07:28 am 1551

काठमाडौं, कार्तिक ११ : मानवीय तथा विपद् व्यवस्थापन उपकरण खरिदका लागि चीनले नेपाललाई साढे २ अर्बभन्दा बढीको सहयोग गर्ने भएको छ ।

विपद् व्यवस्थापन परिचालनका लागि चीनले करिब २ अर्ब ५३ करोड रुपियाँको आर्थिक सहयोग उपलब्ध गराउने भएको हो । चीनको भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ चिनियाँ समकक्षी एवं सो मुलुकका राज्यपरिषद् सदस्य वै फङहबीच शनिबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

चीनले आगामी पाँच बर्षमा उक्त सहयोग गर्ने बेजिइङस्थित नेपाली दूतावासले जनाएको छ । सो सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री पोखरेलले चिनियाँ सहयोगमा नेपालमा शान्ति तथा रक्षा विश्वविद्यालय स्थापनाका लागि समकक्षी वैलाई आग्रह गरेको बताइएको छ ।

पोखरेलको प्रस्तावप्रति सकारात्मक रहनुभएका वैले यसबारेमा सहयोग गर्न आफ्नो मुलुक तत्पर रहेको बताएकका थिए। विश्वविद्यालय स्थापनासम्बन्धी ढाँचालाई दुवै पक्षबीचको आपसी वार्ताबाट टुङ्गो लगाइने दूतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.