निकुञ्जमा बन्ने भयो ७६ वटा पोखरी

| 2018 Oct 27 | 03:06 pm 2161

चितवन, कात्तिक १० : विभिन्न प्रजातिका दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापन गर्ने काममा निकुञ्ज लागेको बताए।

यसवर्ष निकुञ्जले ७६ वटा नयाँ पोखरी निर्माण र व्यवस्थापनमा बजेट विनियोजन गरेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार ताल निर्माण र संरक्षणका लागि एक करोड ६१ लाख ५० हजार बजेट विनियोजन गरिएको बताए ।

सोबाट पानी पोखरी निर्माण, मर्मत सम्हार गरिँदै छ । अहिले निकुञ्जमा ६३ वटा पोखरी रहेका छन् । गएको आर्थिक वर्षमा तीन वटा र अघिल्लो आर्थिक वर्षमा दुईवटा पोखरी निर्माण गरिएको थियो ।

अर्यालकाअनुसार पोखरी व्यवस्थापन गर्दा त्यहाँ थिग्रिएका गेग्रान हटाउने, मिचाहा प्रजातिका झार झिक्ने, पानी बाहिर बगेको भए ड्याम लगाउने जस्ता काम गर्नुपर्नेहुन्छ ।

ती पोखरीहरुमा बाघको आहारा प्रजातिले पानी पिउने, बाघले पौडी खेल्ने, गैंँडा र हात्तीले आहाल खेल्ने गर्दछन् । निकुञ्ज भित्र रहेका सबै वन्यजन्तुको लागि पानी आवश्यक पर्दछ । निकुञ्जमा लामि ताल, देवी ताल, तमोर ताल जस्ता ठूला पर्यटकीय महत्व बोकेका ताल पनि रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.