राष्ट्रपतिले गरे प्रधानमन्त्री बर्खास्त, नयाँ प्रधानमन्त्रीमा महिन्दा नियुक्त

रिपोर्ट नेपाल | 2018 Oct 27 | 07:06 am 1784

काठमाडौं, कार्तिक १०: श्रीलंकामा रहस्यमय तरिकाले अघि बढेको राजनीतिले खुला रुपमा भारतविरोधी स्वरुप लिएको छ। शुक्रबार भएको राजनीतिक चलखेलमा राष्ट्रपति मैत्रिपाला सिरी सेनाले प्रधानमन्त्री रनिल विक्रम सिंहलाई पदमुक्त गरी पूर्व राष्ट्रपति तथा आफ्ना राजनीतिक प्रतिद्वन्द्वी महिन्दा राजा पक्षलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कार्यालयले जारी गरेको विज्ञप्तिमा उनलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न गइरहेको भनेर उल्लेख गरिएको छ।

सन् २०१४ मा भएको राष्ट्रपतीय निर्वाचनमा सिरी सेनाले राजापक्षलाई पराजित गरेका थिए ।राष्ट्रपति सिरी सेनाले उनको पार्टी युनाइटेड नेशनल फ्रिडम एलाइन्स र रनिल बिक्रम सिंहको युनाइटेड नेशनल पार्टीबिचको गठबन्धन समाप्त भएको घोषणा गरेलगतै उनलाई बर्खास्त गरेका थिए।

यसअघिको राष्ट्रपति निर्वाचनमा राजापक्षले चीनसँग गठबन्धन र सम्बन्ध बढाएको भन्दै सिरी सेना र बिक्रमसिंहको पार्टीले आफुलाई भारतसँग नजिक भएको राजनीतिक संकेतका साथ निर्वाचन लडेका थिए। तर विगत केही दिन यता सिरी सेनाले खुला रुपमा भारतप्रति अविश्वास व्यक्त गर्दै आएका थिए ।

गत मंगलबार क्याबिनेट बैठकका लागि जम्मा भएका केही मन्त्रीबिच भारतको बाह्य जासुसी संस्था ‘रअ’ उनको षडयन्त्रमा लागेको दाबी गरेका थिए । उनको यो दाबी विक्रम सिंहको प्रस्तावित भारत यात्राभन्दा केही दिन अगाडि मात्र आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.