बालाजुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

| 2018 Oct 26 | 12:06 pm 1729

काठमाडौं, कार्तिक ९: बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक रहेका छन् । मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

ना ६ ख ७८२६ नम्बरको सिमेन्ट बोकेको ट्रकले बाटोमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

ट्रकको ठक्करबाट घाइते भएको बालकलाई ग्रीनसिटी हस्पिटलमा उपचारकको लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.