कैलालीबाट एसपी घिमिरेको भब्य बिदाई

रिपोर्ट नेपाल | 2018 Oct 25 | 05:58 pm 1920

कैलाली कात्तिक ८  : जिल्ला प्रहरी कार्यालय कैलालीबाट हालैको सरुवामा भरतपुर तालिम केन्द्रमा पोष्टिङ भएका प्रहरी उपरीक्षक बिनोद घिमिरेको आज बिहिबार भब्य बिदाई भएको छ ।

कैलालीको बसाईमा घिमिरेले अपराध कर्म गर्ने अपराधिको दोहोलो काढेका कारण उनलाई कैलालीबासी, उद्योगी व्यवसायी, नागरिक समाज संचारकर्मी र मानव अधिकारवादीले उच्च सम्मान र मूल्याङ्कन गरेका छन् ।

घिमिरे जिल्लामा आउँदा एक किसिमको संन्त्रास थियो । जिल्लामा पुगेर कमाण्ड लिनसाथ उनले विशेष सुरक्षा योजना बनाएर जिल्लालाई शान्तिपूर्ण राख्न र जनतालाई अमनचयन दिन उल्लेख्य भूमिका निर्वाह गरे । यस अघि सरुवा भएर अन्यत्र जाने एसपी लुसुक्क जाने गरेका र घिमिरेले आज पत्रकार सम्मेलन गरेरै जिल्लाबाट बिदा भएका छन् ।

पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा भएका सफल अनुसन्धान र अपराध कर्म गर्ने कानुनलाई चुनौती दिने जोकोहीलाई कानुनको दायरामा ल्याएको सगर्व बताएका थिए । एसपी घिमिरेले जिल्लामा बस्दा सहयोग गर्ने सबै कर्मचारी र संचारकर्मीलाई विशेष धन्यवाद दिएका थिए ।

बिदाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका कार्यालय प्रमुख, सशस्त्र, राष्ट्रिय अनुसन्धान लगायत अन्य अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.