२७ जना जुवाडे प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2018 Oct 25 | 05:26 pm 1743

काठमाडौं, कात्तिक ८ :  काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा २७ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं तार्केश्वर नगरपालिका ९ मनमैजुस्थित शंकर तिमिल्सिनाले संचालन गरेको लेखापढी कार्यालयको कोठाभित्र अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका ४ बस्ने ४६ वर्षीय शिव अर्याल समेत १२ जनालाई नगद १ लाख ९८ हजार ३ सय २० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी किर्तिपुर नगरपालिका ५ भत्केको पाटीस्थित साईनो रेष्टुरेण्टमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका बस्ने ४४ वर्षीय जयबहादुर कार्की समेत ४ जनालाई नगद ७ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ।

यस्तै काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँ बस्ती बस्ने ४२ वर्षीय पूर्ण राज चौलागाईको घरमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा चौलागाई समेत ११ जनालाई नगद १ लाख ७८ हजार १ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित आज बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सन्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.