काठमाडौं, कात्तिक ८ : काठमाडौं महानगरपालिका १३ सोल्टीमोड बस्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका ३ का ३० वर्षीय समिर पुलामीलाई जबरजस्ती करणी उद्योग गरको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पुलामीले उक्त ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा एक्लै भएको अवस्थामा जबरजस्ती करणी गरेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।