मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 25 | 10:04 am 1976

कञ्चनपुर, कार्तिक ८: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको उनले बताए।

जीवनलाई भीमदत्तनगरबाट र दिपेशलाई गाउँबाटै नियन्त्रण लिई प्रहरीले हिरासतमा राखेको छ । जीवनले केही दिनअघि मात्रै भारतीय घुमन्ते व्यापारीबाट दुई हजार नगद र मोबाइल फोनसेट लुटेका थिए । पक्राउ परेका दुवैमाथि चोरीसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.