कञ्चनपुर, कात्तिक ७ : धारिलो हतियार चक्कु प्रहार गरेको अभियोगमा बेलडाडी गाउँपालिका २ खल्ला बस्ने १९ वर्षीय दिनेश रानालाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य वादविवादमा सोही स्थान बस्ने १८ वर्षीय वीरेन्द्र रानालाई उनले चक्कु प्रहार गरी घाइते बनाएका थिए । घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलडांगी लगिएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।