एसएसपी सुवेदीलार्इ प्रहरी प्रवक्ताको जिम्मेवारी

रिपोर्ट नेपाल | 2018 Oct 24 | 11:37 am 2224

काठमाडौं, कार्तिक ७: नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो।

यसअघि प्रवक्ता हुनुभएका शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.