काठमाडौं, कार्तिक ७: नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष क्षितिज भण्डारीले नागरिकको आत्मसम्मानका लागि महाअभियोग लगाउनुपर्ने बताएका छन्।
‘राष्ट्रपतिले राजिनामा गरेर ताजा जनादेशमा नजाने हो भने प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिक आत्मसम्मानको लागि महाभियोगको प्रस्ताव दर्ता गर्नुपर्छ’,उनले भने।
नेता भण्डारीले राष्ट्रपतिको दशैंको टिका प्रकरणमा टिप्पणी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको नैतिकता र लोकप्रियता गिर्दै गएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘दुर्इ बर्षदेखि राजकीय सत्ताको दम्भमा प्रधान न्यायाधीश र अख्तियार प्रमुखको हुर्मत लिने क्रममा मर्यादाले पनि नौतिकता र लोकप्रियता परिक्षणमा प्रधानमन्त्री र राष्ट्रपति जानुपर्छ।’
घुडा टेकाउने र बायाँ हातले जमरा दिने प्रवृत्तिले सेना, प्रहरी र न्यायालय प्रमुखसहित नेपाली जनताको लोकतान्त्रिक गणतन्त्र प्रदत अधिकार समेत कुण्ठित र अपमानित भएको उनले बताएका छन्। यद्यपि आत्मलोचना सहित आगामी बर्षबाट गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता आएमा ब्यवस्थापकिय त्रुटि मान्न सकिनेसमेत उनले उल्लेख गरे।