कृष्णनगरको कर्फ्यु पूर्णरुपमा हटाइयो

| 2018 Oct 23 | 03:43 pm 1939

कपिलवस्तु, कात्तिक ६  : कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु पूर्ण रुपमा हटाइएको छ। दुर्गा मुर्ति विर्सजनको विषयलार्इ लिएर विवाद हुँदा स्थितिलार्इ नियन्त्रणमा लिन स्थानीय प्रशासनले आइतबार साँझ कर्फ्युको घोषणा गरेको थियो।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार बिहान ६ बजेदेखि १२ बजेसम्मका लागि हटाएकव थियो। पछिल्लो पटक सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो।

मंगलबार सुरक्षा परिषदको बैठक बसि स्थिति सामान्य भइसकेकोले कर्फ्यु पूर्णरुपमा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आइतबार दिउँसो १२ बजेतिर मूर्ति विसर्जन गर्न लैजानेरनलैजाने पक्षबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि आइतबार प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो। ३ राउण्ड अश्रु ग्यास फायर गरेको थियो।

लाठी, हसिया र चक्कु सहित निस्केका प्रर्दशनकारी प्रहरी माथि जाई लागेका थिए। प्रहरीले सम्झाईबुझाई गर्दा नमानेपछि लाठी चार्ज गरेको थियो। लाठी चार्जबाट स्थिति नियन्त्रणमा लिन नसकेपछि फायर खोल्नु परेको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताए।

शुक्रबारदेखि कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन हुन सकेको छैन। शुक्रबार साझ ६ बजेतिर दुर्गा मूर्तिलाई बजार परिक्रमा गरि गोलघर तिर लैजाने क्रममा घरको छतबाट ढुंगा प्रहार गरेपछि विवाद सुरु भएको हो। त्यसपछि विसर्जनका लागि बजार परिक्रमा गराउँदै गरेको २७ दुर्गा मूर्ति गोलघर छेउ राखिएको छ। ४ दिनदेखि मूर्ति विसर्जन हुन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.