-कौरव खत्री
गुल्मी, कार्तिक ६ : अर्लाङ्गकोट सेवा समाज जापान अर्लाङ्गकोटले नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष एवं बरिष्ठ पत्रकार जनार्दन घिमिरेकी धर्मपत्नी शारदा घिमिरेको उपचारको लागि आर्थिक रकम सहयोग गरेको छ ।
वामीमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुषाल मार्फत नदग ८५ हजार रुपैया हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण गदै कार्यक्रममा समाजका अध्यक्ष देवराज खरेलले आफ्नो संस्थाले अर्लाङ्गकोटको शैक्षिक तथा सामाजिक रुपमा सहयोगले सबै गाँउबासीहरु हर्षित भएको हुदा अर्लाङ्गकोट सेवा समाज जापानले उदाहरणीय कार्य गदै आएको बताए ।
साथै सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, वडाध्यक्षहरु प्रकाश काफ्ले, नारायण सापकोटा, नरेशराज खरेल पत्रकार लगायतको उपस्थिती रहेको थियो कार्यक्रमको सञ्चालन पत्रकार कालीदास खरेल गरेका थिए ।
स्तन क्यान्सरबाट पीडित घिमिरेलाई हाल देश तथा विदेशका विभिन्न अस्पतालहरुमा उपचार गराइ रहेकी छन् भने उनको उपचारको लागि देश विदेशबाट आर्थिक सहयोगहरु आउने क्रम जारी रहेको छ ।