६ घण्टाका लागि हटाइयो कृष्णनगरमा कर्फ्यु

| 2018 Oct 23 | 06:54 am 2112

काठमाडौं, कार्तिक ६: कपिलवस्तुको सीमा बजार कृष्णनगरमा सोमबार साँझ ५ बजदेखि लगाइएको कर्फ्यु बिहान ६ बजे हटाइएको छ।

मंगलबार बिहान ६ बजेबाट मध्यान्‍ह १२ बजे सम्मलाई कफर्यु हटाईएको हो। यस अघि सोमबार बिहान ८ देखि १२ बजे र १२ बजेदेखि साँझ ५ बजेसम्म कफर्यु हटाईएको थियो।

स्थानीयबासीको आग्रहमा उनीहरुलाई किनमेल गर्न, खाद्यान्‍ह र उपभोग्यबस्तु आपुर्ति व्यवस्था मिलाउनकालागि कफर्यु हटाईएको समय थप गरिएको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताए।

दुर्गा मुर्ति परिक्रमा गर्ने क्रममा गत शुक्रवार साँझ जुलुसमाथि ढुङ्गा हानिएपछि भड्किएको विवादले उग्र रुप लिएपछि तनानग्रस्त कृष्णनगरमा गत सोमबार साँझ ५ बजेबाट अनिश्चितकालिन कफुयु लगाईएको थियो । अवस्था सहज बन्दै गएपनि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै कफर्यु लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए ।

पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डेनगर सिर्सिहवा चोक, उत्तरमा शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कफ्र्यु लगाईएको थियो । कर्फ्युका समयमा घर बाहिर ननिस्कन, आवतजावत नगर्न, भेला र जुलुस नगर्न प्रतिबन्ध लगाईएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.