दाउराले हानी श्रीमतीको हत्या

रिपोर्ट नेपाल | 2018 Oct 21 | 02:57 pm 1655

गुल्मी, कात्तिक ४  :  मदिरा सेवन गरेका श्रीमानसँग घरायसी झगडा हुँदा एक जनाले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए ।

घाइते लाली कुमालको उपचारका लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.