रामेछाप, कार्तिक ४: रामेछापको खरानेमा टाटा सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
एकै परिवारका दुर्इ जना आमाछोराको घटनास्थलमै मृत्यु भएको हो भने चालक हेमबहादुर खत्रीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
ना १ ज ४८१२ नम्बरको जिप दुर्घटना शनिबार बेलुका हुँदा एकै परिवारका आमाछोराको मृत्यु भएको हो। दुर्घटनामा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको नजिकै अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ।
मृत्यु हुनेमा ६० वर्षीय रामेछाप नगरपालिका-१ की ललिमाया कार्की र उनका छोरा दुर्गाबहादुर कार्की रहेको प्रहरीले जनाएको छ।
रामेछापको कुकरकाटे भन्ज्याङबाट दशैंको टीका लगाएर फर्किने क्रममा जिप दुर्घटना भएको हो।
अहिले घटनास्थलमा अध्याँरो भइसकेकोले घाइते अथवा मृत्यु हुनेको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ।
चालकपनि घाइते भएकोले दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन।