चार सय गोल गर्ने पहिलो खेलाडी बने रोनाल्‍डो

रिपोर्ट नेपाल | 2018 Oct 21 | 07:17 am 2353

काठमाडौं, कार्तिक ४: विश्व फुटबलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा रोनाल्डोले ४ सय गोल पुर्याएका हुन्। यो सँगै उनी ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

शनिबार राति भएको इटालियन सिरीए अन्तर्गतको खेलमा मा युभेण्टसका लागि गोल गर्दै रोनाल्डोले यो कीर्तिमानका लागि आफ्नो नाम लेखाएका हुन्।

रोनाल्डो यसै सिजन रियल मड्रिडबाट युभेण्टस पुगेका हुन् । उनले युभेण्टसका लागि १० खेलबाट पाँच गोल गरिसकेका छन् । गएरातिको गोलले उनले नयाँ कीर्तिमान बनाएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.