बैतडीबाट हराए ७७ महिला-बालबालिका

रिपोर्ट नेपाल | 2018 Oct 20 | 09:40 am 2180

बैतडी, कार्तिक ३: दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३-७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन्। आव २०७४-७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याकंले देखाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार जिल्लामा दुई वर्षको तथ्याङ्क हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ। हराउनेमध्ये केहीले भागेर अर्कै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा नाकामा कडाइ गरे पनि प्रभावकारी हुुन नसकेको प्रहरीको अनुमान छ।

आव २०७३-७४ हराएका ३८मध्ये १० महिला र ११ बालबालिका र आव २०७४-७५ हराएका ३४ मध्ये दुई महिला र दुई बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन्। यस्तै चालू आवमा पाँच जना हराएकामा एक बालिकामात्रै परिवारको सम्पर्कमा रहेकी छिन्।

हराएपछि खोजबिनका लागी प्रहरीलाई खबर गरेपनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.