मध्यरातमा पायःद्यो (खड्ग जात्रा) सम्पन्न

| 2018 Oct 20 | 07:58 am 1937

काठमाडौं, कात्तिक ३ :  विभिन्न किसिमाका जात्राहरुका साथसाथै बडादशैँको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग जात्रा) सम्पन्न भएको छ ।

तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याई जात्रा मनाइने गरिन्छ । बडादशैँको राति तलेजुको आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र–अस्त्रसहित तलेजुको प्रतीरुप पायः द्यो तलेजुका मूल आचाजुले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि उक्त जात्रा प्रारम्भ हुन्छ ।

साँस्कृतिक महोत्सवका रूपमा बडादशैंको मध्यरातमा अर्को सेतो घोडेजात्रा आयोजना गरिएको छ ।
प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडे जात्रा आयोजना गरिन्छ । । जात्रा हुनु अघि एउटा भेडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने पुजारी नरेन्द्र जोशीले जानकारी दिए । जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडा नाच देखाउन तीनपटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.