जनकपुर, कात्तिक २ : जनकपुर ४ स्थित पुरानो बस पर्क नजिक ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भिर घाइते भएको बुझिएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम ७ का प्रमोद शाह कसेरा छन् भने घाइते हनुेमा राजु गुप्ता रहेको बताए । घाइतेकाे जनकपुर अस्पतालमा उपचार भइरहेकाे जानकारी प्राप्त भएकाे छ ।