चितवन, कात्तिक २ः चितवनको जलबिरेमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको यात्रुवाहक बस चितवनको इच्छाकामना ६ जलविरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान २ बजे भएको दुर्घटनामा २२ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरुलाई विभिन्न अस्पताल लगिएको छ।
मृतककाे सनाखत हुन सकेकाे छैन्। जलबिरेमा टर्निङ गर्न नसकेर दुर्घटना भएको हुनसक्ने प्रहरीको पुर्वानुमान छ।