उद्योगपति पौडेल परिवारमा मातृशोक

रिपोर्ट नेपाल | 2018 Oct 18 | 07:38 am 3106

रुपन्देही, कार्तिक १: बुटवल उपमहानगरपालिका वडा नम्वर ४ राममन्दिरपथ निवासी बरिष्ठ समाजसेबी पार्वती शर्मा पौडेलको निधन भएको छ।

गुल्मीको चन्द्रकोटमा जन्मिएर बाग्लुङको हुग्दीसिर निवासी पशुपति शर्मा पौडेलसंग वैवाहिक जीवनमा बाँधिएकी पार्वतीको ७५ बर्षको उमेरमा आईतबार काठमाण्डौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

उनको जन्म १९९९/६/१५ मा भएको थियो। उनीहरुको परिवारमा आमा सम्पुर्ण परिवारको मियोको रुपमा रहेकी थिइन्। उनी केही दिनदेखि निमोनिया र दमबाट पीडित थिइन्। स्वर्गीय पार्वतीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको कांग्रेस युवा नेता तथा उनका भतिजा मुक्तिराज पौडेलले जानकारी दिए।

उनका छोराहरु चुन्न प्रसाद शर्मा पौडेल, नरीश्वर शर्मा पौडेल र भुमिश्वर शर्मा पौडेल यशोदा फुड प्रोडक्ट सहित रुपन्देहीका करिव एक दर्जन उद्योगका सञ्चालक हुन्। चुन्न प्रसाद बुटवल उद्योग वाणिज्य संघका पुर्व कार्यसमिति सदस्य, नरीश्वर वर्तमान सदस्य र भुमिश्वर वस्तुगत समितिमा आवद्ध छन्। तीनै जना कांग्रेस राजनीतिमा पनि सक्रिय छन्।

पार्वतीका श्रीमान स्वर्गीय पशुपति बाग्लुगंमा गाउँपञ्चायतको प्रधानपञ्च समेत थिए। ती छोराहरु व्यवसायिक शिलशिलामा बुटवल झरेपछी पार्वती पनि १५ बर्षदेखि बुटवलको भुवनेश्वर मन्दिर पथमा आएर समाजिक कार्यमा सक्रिय थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.