कैदीबन्दीलाई च्याङ्ग्रा वितरण

रिपोर्ट नेपाल | 2018 Oct 16 | 07:20 am 2635

बाग्लुङ, असोज ३०: बडादशैँका अवसरमा बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई आज च्याङ्ग्रा र चिउरा वितरण गरेको छ ।

यस वर्ष पनि सङ्घले कैदीबन्दीलाई दशैँको अनुभूति दिलाउन सो सहयोग गरेको सङ्घका अध्यक्ष जयराम भारीले बताए। प्रजिअ वेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मी र अध्यक्ष भारीले बन्दी नाइके सूर्य नेपालीलाई ती वस्तु हस्तान्तरण गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.