गुल्मीमा जिप दुर्घटना, दुर्इ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 15 | 09:09 am 1307

गुल्मी, असोज २९: गुल्‍मीको च‍न्द्रकोट गाउँपालिका विसुखर्कमा जिप दुर्घटना हुँदा दुर्इ जनाको ज्‍यान गएको छ।

सोमबार बिहान भएको च‍न्द्रकोट गाउँपालिकास्थित गगरेभिरबाट जित तल खसेको हो।

बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए।

गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.