घुस लिँदा लिँदै एक प्रहरी निरीक्षक, एक जवान पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 14 | 05:17 pm 2053

सुर्खेत, असोज २८ : मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आज आइतबार सालकोट प्रहरी चौकीमा १५ हजार घुस लिँदै गरेको बेला प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई पक्राउ गरेको छ ।

श्रेष्ठले सुन पसल चोरी गरेको सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिने कबुल गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान सुर्खेतका प्रवक्ता जङ्गबहादुर डाँगीका अनुसार पक्राउ परेका दुवै जनामाथि विस्तृत रुपमा अनुसन्धान भइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.