स्थानीय प्रहरी अवैध सामान समाउछ, प्रदेश छोडाउछ

रिपोर्ट नेपाल | 2022 Sep 05 | 04:29 pm 2645

सर्लाही, भदौ २०ः अपराध नियन्त्रण गर्नका लागि गोप्य सूचना संकलनका लागि नेपाल प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गर्ने गरेको छ ।

दुई नम्बर प्रदेशले भने सादा पोशाकका प्रहरी सूचना संकलान होइन तस्करलाई लाइन दिएर भन्सार छली गराएर सामान भित्राउने अभियानमा लागेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार गत भदौ १६ गते सर्लाहीको मलंगवा बरथवा इलाका प्रहरी कार्यालयले भन्सार छली गरेर ल्याइएको उक्त सामान छाड्नका लागि दुई नम्बर प्रदेशका डिआईजी मसउद आलम खाँले छाड्न निर्देशन दिएको बुझिएको छ ।

त्यसरी तस्करी गरेर ल्याइएका सामान सहित ट्रकलाई सुरक्षित गर्नका लागि डिआइजी खाँ का घुमुवा इनेष्पेक्टर उमाशंकर साह, पिए इनेष्पेक्टर गोविन्द कर्ण, असई श्यासुन्दर साह, प्रहरी बरिष्ठ हवल्दार जयमंगल सिंह खटेका थिए ।

भन्सार छली गरेर ल्याइएको ट्रकलाई यो टोलीले रौतहटको चनियापुरसम्म स्कटिङ गरिदिएको समाचार स्रोत बताउँछ । मलंगवाबाट रौतहटसम्म डिआइजी खाँ को निर्देशन बमोजिम स्कटिङ गर्न गएको टोलीले मोटो रकम लिएर छाडिएको बुझिएको छ ।

स्मरण रहोस यस अघि यही टोलीको इसारामा कपडा बोकेर आएको ना६ख७१ना३ख९३२ ना६ख८९ लाई काठमाडौं प्रहरीले समाएर राजस्वमा बुझाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.